back
Kumari Bank

प्रधानमन्त्री ओलीको गृहजिल्ला भ्रमण : यस्तो छ कार्यक्रम तालिका   

Nepal Bank

दमक (झापा): नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत असारमा प्रधानमन्त्री नियुक्त हुनुभएपछि पहिलोपटक उहाँ गृहजिल्ला आउनुभएको हो ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको उद्घाटन तथा शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम उद्घाटन, शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो । प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...