back
Kumari Bank

यी दुई एयरलाइन्सले ‘भ्यालेन्टाइन’ डे का अवसरमा सार्वजनिक गरे विभिन्न ‘अफर’

Nepal Bank

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।

बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेबु्रअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ ।

यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् ।

एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार ०६:४४ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२५

प्रगति ढकाल   काठमाडौँ, १९ असारः नेपालमा विगत १० वर्षको अवधिमा...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:२१

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १९ आषाढ २०८२ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार १९ बिहीवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...