back
NMB ad

खेल फ्रान्समा, जुवा नेपालमा

Kumari bank ad

काठमाण्डौं ।  फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नजितामा जुवा खेल्नेहरुका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो–
अस्ट्रिय ०.७०, हंगेरी ४, बराबरी २.४०
पोर्चुगल ०ं५०, आइसल्याण्ड ६, बराबरी २.८०

पहिले पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ।

खेल जहाँसुकै, जुनसुकै टिमका बीचा होस्, अहिले ठूलो प्रतियोगिता छ भने जुवा खेलाउन् गिरोह सक्रिय भइहाल्छ। खेल सुरु हुनु एक घण्टा अगाडिदेखि हुने पूर्वानुमानको जुवा नतिजा नआएसम्म चलिरहन्छ। खेल सुरु भएसँगै जब कुनै टिमले अग्रता वा दबाब बढाउँदै लान्छ, त्यसैअनुसारको जुवाको रेट पनि परिवर्तन हुन्छ। स्थानीय एजेन्टहरु खेल अवधिभर आफ्नो सञ्जालका सदस्यलाई दररेट पठाउन व्यस्त हुन्छन्।

पूर्वानुमानका आधारमा पैसा लगानी गरिने यो जुवामा मंगलबार खेल सुरु हुनु अघि अस्ट्रियाको पक्षमा पैसा लगाउँदा उसले खेल जिते एक लाख बराबर थप ७० हजार फाइदा हुने थियो। हंगेरस्ले जित्ने पूर्वानुमान मिले एक लाखको ४ लाख। खेल बराबरी हुने पक्षमा पैसा लगानी गर्नेले एक लाखको सट्टा दुई लाख ४० हजार पाउने।

पोर्गुगल र आइसल्यान्डबीचको दोस्रो खेलको दर पनि उस्तै हो। पोर्चुगल पक्षधरले एक लाख लगाउँदा खेल जिते थप ५० हजार थपिएर आउँछ भने, खेल हारे एक लाख जान्छ। आइसल्याण्डको पक्षमा नजिता आए १ लाख लगानीमा थप ६ लाख आउँछ भने बराबरी भए २ लाख ८० हजार।

युरोकप मात्रै हैन संयुक्त राज्य अमेरिकामा चलिरहेको कोपा अमेरिकामा समेत जुवा खेलाउने सट्टेबाजको समूह पनि नेपालमा उत्तिकै सक्रिय छन्। अहिले नेपाली समयअनुरा राति युरोकप र विहान कोपा अमेरिका खेलहरु भइरहेकाछन्। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ असार १

वि.सं.२०७३ असार १ बुधवार १०:०४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...