back
NMB ad

सरकारले तीन महिना आवश्यक सडकको नक्साङ्कन तयार पार्ने

Kumari bank ad

काठमाडौं । सरकारले तीन महिना भित्र आवश्यक सडकको नक्साङकन गर्ने भएको छ ।

अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले देशमा आवश्यकता भन्दा पनि पहुँचको आधारमा सडक पुगेको भन्दै अब सरकारले नै कहाँ कति सडक आवश्यक हो त्यसको नक्साङकन गर्ने बताउनुभयो ।

‘सडक आवश्यक ठाउँमा लैजाने की अनावश्यक ठाउँमा, जताततै सडक बन्दा बाढी पहिरो बढ्यो, पहुँचको आधारमा सडक बने’ उहाँले भन्नुभयो ‘संघबाट प्रदेश, प्रदेशबाट पालिका, पालिकाबाट भित्री क्षेत्रमा कति कहाँ सडक चाहिन्छ त्यसको लागि नक्साङकन हुनेछ ।’ उहाँका अनुसार भौतिक मन्त्रालयले तीन महिना भित्र तयार पार्ने बताउनुभयो । अहिले दुइ महिनामा कालोपत्रे उत्रिने खालको समस्या रहेको भन्दै अब यो समस्या समाधान हुने बताउनुभयो ।

कार्यक्रममा उहाँले प्रतिस्थापन विद्येयक मार्फत ल्याएको बजेट पुरानै बजेटको निरन्तरता भएको र थोरै मात्रै घटाएको जानकारी गराउनुभयो ।

आगामी दिनमा कोरोना महामारी न्युन गर्ने, मुद्रास्फितिलाई निश्चित बिन्दुमा राख्ने, करको दायरा बढाउने र ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने बताउनुभयो । मन्त्री शर्माले चालु आर्थिक वर्ष सकिन ८ महिनामा बाँकी रहेको र यो अवधिमा महिनाको प्रतिशतका दरले बजेट खर्च गर्दा पनि ८० प्रतिशत बजेट खर्च गर्न सकिने बताउनुभयो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १८:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...