back
NMB ad

भोलीदेखि भेरोसेलको दोस्रो खोप लगाइने (केन्द्रसहित)

Kumari bank ad

काठमाडौँ । सरकारले भोली (सोमबार) देखी पुनः कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज ४ देखि ६ गतेसम्म खोप लगाइने छ ।
मन्त्रालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले १४५ खोप केन्द्रमार्फत भेरोसेल खोपको दोस्रो मात्रा लगाउने तयारी सकेको छ ।

उक्त खोपका लागि काठमाडौँ महानगरपालिकामा ३२, चन्द्रागिरिमा १५, तारकेश्वरमा ११, बूढानीलकण्ठमा १३, टोखामा ११, नागार्जुनमा १०, कीर्तिपुरमा १०, दक्षिणकाली, गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा ९-९ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । सरकारले गत साता ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ ।

उक्त खोप वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल बलम्बु , परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा समेत खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १६:४७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...