back
NMB ad

सेज र निफ्राबीच सम्झौता, पाँचखाल र सिमराको सेजलाई पुँजी, ऋण लगानीको व्यवस्थापन गर्ने

Kumari bank ad

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सेजका कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ ।

निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी, त्यसको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पाँचखाल विशेष आर्थिक क्षेत्र र बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्न भन्दै सम्झौता भएको बताइएको छ ।

साथै बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग तथा सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्न सम्झौता भएको बताइएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १६:१२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...