back
NMB ad

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

Kumari bank ad

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासीयपछि उपभोक्ताको रोजाइमा स्थानीय बसीबोका परेका छन् ।

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा बसीबोका बिक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए । सहकारीमा आवद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो ।

दुईवटा सहकारीमार्फत् खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएको सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन् । घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरु हर्षित छन् ।

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थें’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपाली सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन् ।

‘पहिलो बजार खोज्दै जानुपर्थ्यो, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’, प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन् ।

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन् । वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन् ।

वि.सं.२०७८ असोज २४ आइतवार १३:०९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...