back
NMB ad

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

Kumari bank ad

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेसले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरेको छ । त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ ।

नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो ।

सत्ता साझेदार प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै मन्त्रीको नाम टुङ्ग्याइसकेका छन् । मुख्यमन्त्री कार्यालयले अपरान्ह ३ बजे शपथको तयारी गरेको छ ।

माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो । दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषदमा पठाउने निर्णय माओवादीले गरेको हो । निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन् । उनी सूर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एस)लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । नेकपा ९एस०बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछिन् ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

 

वि.सं.२०७८ असोज २४ आइतवार १४:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...