back
NMB ad

९ वटा बैंकको आकर्षक लाभांश, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंक मध्ये ९ वटा बैंकले दसैं अघि नै लाभांश घोषणा गरेका छन् । बाँकी बैंकहरुले लाभांश घोषणा गरेका छैनन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका मध्ये सबैभन्दा बढी हिमालयन बैंकको रहेको छ । बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेका छ । जसमा बोसन २१.३८ र नगद ४.६२ प्रतिशतसहित २६ प्रतिशत लाभांश रहेको छ ।

हिमालयन बैंकपछि सानिमा बैंकको रहेको छ । सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १७ प्रतिशत बोनस र ०.८९ नगद लाभांश रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १६÷१६ प्रतिशत लाभांश दिने भएका छन् । जसमा इन्भेष्टमेन्टको बोनस ११.२४ र नगद ४.७६ प्रतिशत रहेको छ । यस्तै सिटिजन्स बैंकको बोनस सेयर १२.९१ र नगद ३.०९ प्रतिशत रहेको छ ।

नेपाल बंगलादेशले पनि बोनस १२ र नगद ३.५ सहित १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । माछापुच्छे« बैंकले पनि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोसन १३.३ र नगद ०.७ प्रतिशत रहेको छ । १० प्रतिशत भन्दा कम लाभांश घोषणा गर्नेमा कुमारी बैंक मात्रै रहेको छ ।

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद २.६७ प्रतिशत रहेको छ । बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

वि.सं.२०७८ असोज २७ बुधवार १५:०२ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...