back
NMB ad

९७ अर्ब बढी निक्षेप संकलन हुँदा सवा खर्ब कर्जा लगानी

ब्याजदरमा टेकेर सानिमा र सनराइज बैंक बनेकै हुन त मालामाल ?

Kumari bank ad

काठमाडौं । असोज महिनामा वाणिज्य बैंकले ९७ अर्ब ४३ करोड रुपैयाँको निक्षेप संकलन गर्दा कर्जाको माग १ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

बैंकिङ प्रणालीमा रतलता (लगानीयोग्य रकम) को अभाव भयो भन्दै बैंकहरुले असोज महिनामा ब्याजदर बढाएका थिए । ब्याजदर बढाएपछि प्रणालीको निक्षेप केही बढेको देखिएको छ । तथापी निक्षेपको तुलनामा कर्जाको माग झनै बढेको देखिएको छ । ब्याजदर बढाएपनि सबै बैंकमा निक्षेप संकलन बढेको छैन । बढेको ब्याजदरको प्रभाव केही बैंकमा मात्रै परेको छ ।

यो अवधिमा ६ वटा बैंकको निक्षेप संकलन घटेको छ भने बाँकी २१ वटा बैंकको निक्षेप बढेको छ । जसमा बैंकर्स संघका अध्यक्ष भुवन दाहाल प्रमुख कार्यकारी अधिकृत रहेको सानिमा बैंकले पनि निक्षेप १० अर्ब ६७ करोड रुपैयाँले बढाएको छ । असोजमा बैकले ब्याजदर बढाएको थियो । कात्तिकमा यो दर घटाएको छ । सानिमा मात्रै नभएर सनराइज बैंकले पनि असोज महिनामा ब्याजदर बढाएका थिए । त्यही बढेको ब्याजदरको प्रभावले गर्दा यी दुई बैंक निक्षेप संकलनमा पहिलो र दोस्रो बनेका छन् ।

सबैभन्दा बढी निक्षेप बढ्नेमा सनराइज बैंक रहेको छ । बैंकको निक्षेप १९ अर्ब ६ करोड रुपैयाँले बढेको छ । १० अर्ब भन्दा बढी निक्षेप अरु बैंकको बढेको छैन । प्राइम बैंकको निक्षेप ९ अर्ब ७१ करोड रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अनुसार कृषि विकास बैंकको १ अर्ब ८९ करोड, सिटिजन्स बैंकको २ अर्ब ३२ करोड, सिभिल बैंकको ६४ करोड, एनआईसी एसिया बैंकको ३ अर्ब ४६ करोड, नेपाल स्टयान्र्ड चार्टर्ड बैंकको २७ अर्ब र सिद्धार्थ बैंकको निक्षेप ८४ करोड रुपैयाँले घटेको छ ।

यो अवधिमा अधिकांश बैंकमा कर्जाको माग बढेको छ । एनआईसी एसिया बैंकमा कर्जाको माग ८८ करोड, सिभिल बैंकमा ३८ करोड रुपैयाँ कर्जाको माग घटेको छ । एक महिनाको अवधिमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकमा कर्जाको माग सबैभन्दा बढी ११ अर्ब ४९ करोड रुपैयाँले बढेको छ ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:१९ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...