back
NMB ad

सडकले उठाएको इस्कुस व्यवसाय

Kumari bank ad

उदयपुर । गाउँगाउँमा सडक पुगेपछि त्यतिकै खेर जाने इस्कुलले राम्रो मूल्य पाउन थालेको छ । सडक नपुग्दासम्म त्यस भेगका किसानहरूले इस्कुललाई गाईबस्तुलाई कुँडो पकाएर दिने गर्थे । तर, अहिले गाउँगाउँमा सडक पुगेपछि इस्कुलले राम्रो मूल्य पाउन थालेको छ ।

उदयपुरको रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ, ताप्ली, गाउँपालिका र कटारी नगरपालिकाको वडा नम्बर ९ देखि १४ सम्म त्रियुगा नगरपालिकाको वडा नम्बर १४ देखि १६ सम्म र चौदण्ढीगढी नगरपालिकाको वडा नम्बर १, ८ का किसानले उत्पादन गरेको इस्कुस, करेला खेती अहिले व्यावसायिक रूपमा गर्न थालेका छन् । पहाडी क्षेत्रका कृषकले अहिले आफूहरूले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन सुरु गरेका हुन् ।

भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न सुरु गरेको खाँबुका स्थानीयवासी हीराबहादुर मगरले एक महिना भित्रै ८० हजार रुपैयाँ बराबरको इस्कुस बिक्री गरिसकेको बताउँछन् ।

त्रियुगा नगरपालिका–१४ साउनेका रेखबहादुर मगरले पनि भदौको दोस्रो सातादेखि इस्कुस बिक्री गरेर अहिलेसम्म ५५ हजार रुपैयाँ कमाएको बताए । इस्कुस बेचेरै दसैँ खर्चसहित घरका अन्य व्यवहार मिलाउने गरेको उनले बताए ।

वर्षेनी इस्कुस उत्पादनबाट राम्रो आर्थिक आम्दानी गरेर घर खर्च धान्दै आएका यसक्षेत्रका कृषकले यस पटक पनि दसैँको खर्च टारेका छन् । उत्पादनसँगै इस्कुस बिक्री पनि बढ्दै गएका कारण बिक्रीबाट दसैँतिहारको खर्च धान्दै आएको कृषक बताउँछन ।

यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि इस्कुस खरिद गर्न सिराहा, सप्तरीबाट सदमुकाम गाईघाटदेखि तरकारी व्यापारी घरघर गाडी लिएर आउने गरेपछि अहिले यस क्षेत्रमा उत्पादित इस्कुसले बिक्रीको लागि राम्रो बजार पाएको रौता बोलुङखाका केशब रायमाझि बताउँछन ।

 

वि.सं.२०७८ कात्तिक ३ बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...