back
NMB ad

यलम्बरको सय फिट अग्लो शालिकसहित पार्कको शिलान्यास

Kumari bank ad

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक शिलान्यास गरिएको छ ।आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत र १ नम्बर प्रदेश सरकारको ७० प्रतिश गरी १४ लाख रुपैयाँको लागत सहभागितामा पूरा गर्नेगरी बुईपाको पञ्चरदोबाटोमा प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरिएको हो ।

नछुङ धनीराम नछुङले मुन्धुमी विधिअनुसार माङी गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरेका हुन् ।

दिक्तेल र उदयपुरको गाईघाट जोड्ने महुरे–फोक्सिङटार सडकले छोएको पञ्चरदोबाटोमा रहेको करिब ३० रोपनी सार्वजनिक जग्गाभित्र चोभारको मञ्जुश्रीपार्कको शैलीमा यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माण सुरु गरिएको हो ।

प्रवेश शुल्कबापत संकलन हुने रकमको ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत रकम प्रदेश सरकारको कोषमा जम्मा हुने गरी यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणको काम अघि बढाइएको हो ।

करिब सय वर्ष टिक्ने फाइबरको यलम्बर शालिक पिलरसहित सय फिट अग्लो हुने बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । बुईपाको पञ्चरदोबाटोमा पार्कसहितको यलम्बर हाङको शालिक राख्नका लागि असोज २०७५मा सर्भे गरिएको थियो ।

यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माणको ठेक्का उमा–तुवाचुङ–अनसुवी जेभीले लिएको छ । आगामी १८ महिनाभित्र यलम्बार पार्क तथा यलम्बरको शालिक राख्ने काम पूरा हुने मेयर रिजालले बताए । यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका क्रममा हालसम्म एक करोड ५० लाख खर्च भइसकेको छ ।

२०७६ सालदेखि यलम्बर पार्कको काम थालेको निर्माण कम्पनीले असार २०७८ मा यलम्बरको शालिक निर्माणका लागि सम्झौता गरेको हो । यलम्बरको मूर्ति निर्माणका लागि किरात राई यायोक्खाले २०७६ असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्केच प्रदान गरेको थियो ।

पार्क तथा शालिकका लागि २०६७ मा पहिलो डीपीआर तयार पारिएको थियो । तर, पहिलो डीपीआरमा भएको अपुरो पक्षलाई सुधार गर्दै २०७७ मा अर्को कन्सल्टेन्सीमार्फत दोश्रो डीपीआर बनाउनु परेको मेयर रिजालले बताए ।

पार्क अन्तर्गत हालसम्म गेट, बाटो, कफिसप, रेस्टुरेन्टलगायतका संरचना बनिसकेको छ । लागत सहभागितामा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका लागि नगरपालिका र प्रदेश सरकारबीच जेठ २०७६ मा सम्झौता गरिएको थियो ।

यलम्बर पार्कमा घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, फ्री–वाइफाइ, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवासुविधासहितको संरचना निर्माण गर्ने डीपीआरमा उल्लेख छ । यलम्बरको शालिक रहने यलम्बर पार्क प्रवेश गर्न शुल्क निर्धारण गरिने उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए ।

 

 

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:५१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...