back
NMB ad

बाढी पहिरो अनुगमनका नाममा मन्त्री र सचिव हेलिकोप्टरमा सवार, दुरुप्रयोग रोक्न समिति गठन

गण्डकी प्रदेशभित्र गाडी भाडा तोक्न समिति गठन

Kumari bank ad

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा निर्धारण गर्न सिफारिस समिति गठन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिले भाडा बढाउन हुने वा नहुने, बढाउँदा कसरी बढाउने भन्ने सिफारिस गर्ने छ । यसअघि संघीय सरकारले दुई प्रदेशबीचको सवारी भाडा २८ प्रतिशत बढाएको थियो । प्रदेशभित्रका गाडीहरूले पनि सोही अनुपातमा भाडा लिँदै आएका छन् ।

‘संघ सरकारले आफ्नो मात्रै अधिकार क्षेत्रभित्र रहेर भाडादर कायम गर्यो । प्रदेशभित्रको भाडा तोक्ने अधिकार प्रदेश सरकारलाई छ,’ प्रवक्ता कुमार खड्काले भने, ‘भाडादर समायोजन गर्न कै लागि समिति बनेको हो ।’ प्रदेश १ र बागमती प्रदेशको भाडा यसअघि नै समायोजन भइसकेको छ ।

हेलिकोप्टर दुरुप्रयोग रोक्न समिति गठन

सरकारले हेलिकोप्टर दुरुपयोग रोक्नका लागि पनि समिति बनाएको छ । पर्यटन मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको समिति गठन गरिएको हो । बाढी पहिरो र अनुगमनका नाममा मन्त्री र सचिवहरूले आफुखुशी हेलिकोप्टर लिएर हिड्न थालेपछि त्यसलाई रोक्न प्रयास गरिएको हो ।

‘अब कामको प्रकृति हेरेर अति आवश्यक भए मात्रै हेलिकोप्टर चढ्न पाईन्छ,’ उनले थपे, ‘समितिले स्वीकृति दिएपछि मात्रै हेलिकोप्टर प्रयोग गर्न मिल्छ ।’ १ असारको बाढीपछि मनाङ भ्रमण गएका मुख्यमन्त्रीले चढेको हेलिकोप्टर भाडा अझै सरकारले तिरेको छैन ।

मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश र स्थानीय तहबीच विवाद समाधान गर्न र समन्वय कायम गर्न बनाएको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...