back
NMB ad

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

Kumari bank ad

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ । पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ ।

अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ ।

अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैैछ । सुरुमा दम, मुटु, मधुमेहलगायत विभिन्न दीर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरका २४ सरकारी अस्पतालबाट यो खोप दिइने सरकारी योजना छ ।

कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दोस्रो डोज लगाएपछि कम्तीमा चार सातापछि बुस्टरका रुपमा तेस्रो डोज लगाउन मिल्छ । कतिपय विज्ञहरुले फाइजरको दोस्रो डोज लगाएको ६ महिनाभित्रमा तेस्रो बुस्टर डोज लगाउन मिल्ने धारणा राख्दै आएका छन् ।

किशोरकिशोरीलाई फाइजर कति प्रभावकारी ?

फाइजर खोप अन्य उमेर समूहजस्तै किशोरकिशोरीका लागि प्रभावकारी रहेको सीडीसीले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीको समूहमाथि प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ विरुद्ध जुध्न प्रभावकारी सावित भएको छ । यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ, १२ देखि १५ वर्ष उमेर समूहमा पनि उस्तै क्षमता देखिएको छ ।

‘क्लिनिकल ट्रायलबाट आएको प्रमाणका आधारमा के देखिन्छ भने पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,’ सीडीसीले भनेको छ,‘बुस्टर (तेस्रो) डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ ।’

नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार कात्तिक तेस्रो सातादेखि देशभरका १२ वर्षमाथिका किशोरकिशोरीलाई यो खोप दिने तयारी गरेको छ । यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने कम्पनीले जनाएको छ ।

के–के हुन सक्छ साइड इफेक्ट ?

फाइजर खोप लगाइसकेपछि पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउन सक्छ । यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, शरीरमा थकान हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने आदि समस्या देखिन सक्छ ।

गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले फाइजर खोप लगाउँदा जटिलता आउनसक्ने भएकाले त्यस्तो अवस्था खोप नलगाउन सीडीसीले आग्रह गरेको छ । पहिलो डोज खोप लगाए जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज लगाउनु हुँदैन। एलर्जीको समस्या बढ्दै गएमा बिरामीलाई उचित मेडिकल केयर उपलब्ध गराउनुपर्छ ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:१२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...