back
NMB ad

तेस्रो लिंगीलाई ‘अन्य’ लेखेर पहिलोपटक दिइयो नागरिकता

Kumari bank ad

रसुवा । तेस्रो लिंगीलाई ‘अन्य’ लेखेर रसुवामा पहिलो पटक नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कालिका गाउँपालिका-१ का तेस्रो लिंगीलाई ‘अन्य’ लेखेर नागरिकता दिएको हो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले १७ वर्षीय तेस्रो लिंगीलाई ‘अन्य’ लेखेर नागरिकता प्रदान गरेकी हुन् ।

कालिका गाउँपालिका-१ बस्ने योछिरिङ तामाङ र नेवाङ्मो तामाङबाट जायजन्म भएको पेमा बुट्टी तामाङलाई लिंगको महलमा ‘अन्य’ लेखी नेपाली नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताइन् ।

जिल्लामा तेस्रो लिंगीलाई ‘अन्य’ लेखेर नागरिकता दिएको यो पहिलो रहेको उनले बताइन् । ‘उहाँहरू आफै नागरिकता बनाउन आउनु भएको हो, सुरुमा यस्तो छ, नागरिकता पाइन्छ कि पाइँदैन भनेर भन्नुभएको थियो, घटना दर्ता गर्न सचिवले पनि सोध्नुभएको थियो, हामीले पाइन्छ हुन्छ भन्यौ,’ उनले भनिन्, ‘जन्मदर्तामा पनि तेस्रो लिंगी भनेर खुलाइएको हुँदा रसुवा अस्पतालले पनि तेस्रो लिंगी हो भनेर प्रमाणीकरण गरेपछि तेस्रो लिंगी वा अन्य के पहिचान लिने भनेर रोजाएका थियौ, अन्य भन्ने रोजेपछि ‘अन्य’ भनि हामीले उहाँलाई नागरिकता दिएका छौँ ।

पेमाबुट्टि १५ भदौ २०६१ मा जन्मिएका हुन् । आवाज पुरुषको रहेको उनलाई परिवारमा पनि छोरीको दर्जा दिएको बताइएको छ । उनी जस्तै जिल्लामा यस्ता व्यक्तिहरू अरु पनि रहेको बताइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताइन् । ‘यो प्राकृतिकको हो, कोही पनि आफ्नो नागरिक हुने अधिकारबाट वन्चित हुन नपरोस् भनेर उहाँलाई हामीले बढी प्रश्रय दिएका हौ, सरकारबाट आउने केही सेवासुविधा भएमा हामी दिन्छौँ भनेका छौँ,’ उनले भनिन् ।

नेपालको संविधानमा तेस्रो लिंगीले पनि पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको छ । नागरिकता बनाउन महिला, पुरुषको ठाउँमा अन्य भएमा ‘तेस्रो लिंगी’ र ‘अन्य’ मध्ये एउटा रोज्न पाइन्छ । जन्मदर्ता र सरकारी अस्पतालबाट तेस्रो लिंगी हो भन्ने प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रदान गर्ने गर्दछ ।

 

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:२० मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...