back
NMB ad

८९.५० प्रतिशतले सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमएको गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेर ३३.६१ रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वार्षिक ईपीएस १७.९२ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७.२७ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी ३०.२५, सञ्चालन नाफा ८७.२७ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकले एक खर्ब ८३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ७३ अर्ब १७ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । यसअनुसार बैंकले वार्षिक १०.८७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा आठ अर्ब दुई करोड ६७ लाख र सेयरधनी कोषमा एक अर्ब ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीस्थिर रहँदा सेयरधनी कोष २८ दशमलव ७४, निक्षेप संकलन १. ४४, कर्जा लगानी ९.२३ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.५४, कोषको लागत ५.५५, आधार ब्याजदर ७.५७, स्पेडदर ३.४७, र कर्जा निक्षेप अनुपात ८७ दशमलव ७५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १८८.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.६६ गुणा छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १०:५५ मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...