back
NMB ad

४ करोड ३० लाखमा काठमाडौं महानगरले लुम्बिनीमा बनायो बज्रयान विहार, राष्ट्रपति भण्डारीद्वारा उदघाटन

Kumari bank ad

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा काठमाडौँ महानगरले बनाएको मौलिक नेपाली बज्रयान विहार निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित विहार आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । उदघाटनपछि राष्ट्रपति भण्डारीले नेपालमा जन्मिएका गौतम बुद्धको आदर्श र प्रेरणा सबै नेपालीका लागि गर्वको विषय रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो -‘गौतम बुद्धले लामो तपस्याबाट प्राप्त गरेको ज्ञानबाट विश्वमा शान्तिको सन्देश फैलिएको छ । हामीले पनि बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्छ । यसले देशको चिनारीलाई गरिमामय बनाउँछ । लुम्बिनीको विकासका लागि निर्माण भएको गुरुयोजना कार्यान्वयनमा नआएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि पैसाको कमी नभएको, विकासका वाधाका रुपमा आन्तरिक कारण देखिन्छन । ती कारणका बारे आन्तरिक रुपमै समीक्षा गर्नुपर्छ ।’

सोही अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका सहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रुपमा निर्माण थालिएको तर आर्थिक अभावमा काम रोकिएको विहार देख्यौँ । त्यो अपूरो काम गर्न हामीले आर्थिक सहयोग ग¥यौँ । शाक्यले भन्नुभयो, ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ । तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले सहयोग गरेको हो ।‘

हामीलेजस्तै संघ र प्रदेश सरकारले पनि नेपालका मौलिकता प्रवर्धन हुने सांस्कृतिक भौतिक संरचनाको निर्माण र पुननिर्माणमा लगानी बढाउँदै जानेछ भन्ने मेरो अपेक्षा हो । शााक्यको भनाइ थियो ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउनु कुरा हरेक नेपालीको कर्तव्य भएको उल्लेख गर्दै कर्तव्य पालना विर्सिएको हो कि जस्तो भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेपछि विहारले पूर्णता पाएको बज्राचार्यको भनाइ थियो ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि विदेशीबाट कुनै पनि प्रकारको सहयोग लिएका छैनौँ । काठमाडौँ महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ दिएको छ । विहारको भौतिक विकासका केही काम बाँकी छन् । रकम सकिएको छ । यसबेला महानगरले थप सहयोग गर्नेमा हाम्रो विश्वाश छ । बज्राचार्यले अपेक्षा राख्नुभयो ।

बज्राचार्यकाअनुसार नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार ३ सय ७२ बर्ष अघिको बौद्धकलासहितको विहार निर्माणको निरन्तरता हो ।

नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष माणिकरत्न शाक्यकाअनुसार विहार निर्माण गर्न अहिलेसम्ममा करीब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...