back
NMB ad

कोभिडबाट मृत्यु हुने ५० लाख नाघे

Kumari bank ad

एजेन्सी । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको सख्ंया ५० लाख नाघेको छ । त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् । करिव दुई वर्षअघि सर्वप्रथम चीनको वुहानबाट कोभिड संक्रमण फैलिएको थियो ।

कोभिड खोप बिकास भएपछि करोडौं मानिसहरुले खोप लगाएका छन् । तर, अझै पनि विश्वको ठूलो जनसंख्या खोपको पहुँचबाट टाढा छ । अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि बढेको छ । ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो अड्हानोम भेरब्रेइससले भने ।

रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ । २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ । मृत्युदर बढे पनि त्यहाँका नागरिक खोप लगाउन अनिच्छुक छन् । ५० प्रतिशतभन्दा बढी रसियालीले अझै खोप लगाएका छैनन् ।

सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ ।

युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ । ती दुबै देशमा औषतमा ५०० जनाको मृत्यु हुने गरेको छ ।

यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औषतमा दैनिक एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार ११:१० मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:१३

चितवन, २८ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:०५

म्याग्दी, २८ वैशाखः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...