back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०२ प्रतिशत र सञ्चालन नाफा १४२ दशमलव ६३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४५ दशमलव ५० प्रतिशत र कर्जा लगानी ५६ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा भने एक करोड २० लाख रुपैयाँ ऋणात्मक छ ।

यस अवधिमा बैंकको खराब कर्जा भने एक दशमलव ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, सांग्रिलाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा छ

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...