back
NMB ad

भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल

Kumari bank ad

एजेन्सी । केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् ।

एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जनाएको छ । अहिले रोहित शर्मा टि–२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टि–२० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अष्ट्रेलियामा टि–२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो । ‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ र यो कुनै गोप्य कुरा होइन । राहुल टीमको टि–२० प्रारूपको अभिन्न अंग हो । उसले नेतृत्व गर्न लगभग निश्चित छ,’ स्रोतले भन्यो ।

२०२१ को टि–२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दैछ । जहाँ, दुई देशबीच तीन खेलको टि–२० अन्तर्राष्ट्रिय श्रृङ्खला र त्यसपछि दुई खेलको टेष्ट सिरिज हुनेछ । टि–२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ ।

भारत र न्यूजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदैछ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बइमा खेलिनेछ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १४:३२ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...