back
NMB ad

कालिका लघुवित्तको नाफामा लछाङ, यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४ करोड ८० लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको असोज मसान्तसम्म कम्पनी ४१ लाख ८८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ६३ लाख ५७ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा २०.१९ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३५ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १९ करोड ३४ लाख २ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जामा पनि केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म ४.९२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिसम्म आईपुग्दा ४.३२ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार ११:१६ मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...