back
NMB ad

नबिल बैंकको सेयरमा लाभांश प्रभाव: लगानीकर्ता झुम्मिँदा ७ लाख ५ हजार कित्ता बिक्री, मूल्य पनि बढ्यो

Kumari bank ad

काठमाडौं । बुधबार नबिल बैंकमा लगानीकर्ता झुम्मिएका छन् । उक्त दिन बैंकमा लगानीकर्ता झुम्मिँदा सर्वाधिक कारोबार भएको छ ।

आज बैंकको १ अर्ब १७ करोड ९७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकमा ७ लाख ५ हजार ४३० कित्ता सेयर खरिदबिक्री भएको हो ।

बैंकले लगानीकर्तालाई ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसको प्रभाव सेयर मूल्यमा पनि देखिएको छ । उक्त दिन बैंकको सेयर मूल्य २.८० प्रतिशतले वृद्धि भएको हो ।

आज बैंकको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले वृद्धि भई १ हजार ६५३ रुपैयाँ कायम भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४.४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...