back
NMB ad

यसकारण ‘पृथ्वीकै नर्क’ बन्दैछ अफगानिस्तान

Kumari bank ad

एजेन्सी । राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भिड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाढ्ने भएपछि सर्वसाधारणको भिड बढेको हो ।

तालिवानले भिडलाई शान्त राख्न दबाब दिइरहेको थियो । तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे ।

‘जाडो बढेको छ,’ एक पुरुषले भने, ‘अहिले रोटी बनाएर राख्न सकिन भने कसरी जाडो कटाउने भन्ने मलाई थाहा छैन् ।’

चिसो बढेसँगै अफगानिस्तान पृथ्वीकै नर्क बन्ने जोखिम छ । अधिकांश क्षेत्रमा खडेरी परेका विवरण सार्वजनिक भइरहेका छन् । कृषि उत्पादन नहुँदा भोकमरीका घटना दिनहुँ बढेका छन् ।अफगानिस्तानमा भोकमरीमा परेका २२ लाख मानिसको खाद्य सुरक्षा गर्न डब्लूएफपीलाई चुनौती छ ।

अन्य हिउँदभन्दा यो वर्षको हिउँदमा जाडो बढ्ने विज्ञहरुले साबधानी दर्शाएका छन् । खडेरी र भोकमरीले अफगानिस्तानको ठूलो जनसंख्या प्रभावित हुने उनीहरूले बताउँदै आएका छन् ।

अफगानिस्तानको अवस्था कल्पना गरेभन्दा पनि भयाबह भएको डब्लूएफपीका निर्देशक डेभिड बिस्ले बताउँछन् । अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या भएको उनको भनाई छ ।

अफगानिस्तानका ९५ प्रतिशत मानिसलाई पर्याप्त खाना नभएको र २३ लाख मानिसहरु भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ ।

६ महिनाभित्र अफगानिस्तानमा ठूलो मानवीय दुर्घटना हुन सक्ने डब्लूएफपीको अनुमान छ ।

अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गर्नुअघि तत्कालिन राष्ट्रपति असरफ गनी नेतृत्वको सरकारले हिउँदको चुनौती सामना गर्न सक्ने अनुमान गरिएको थियो ।

किनकी, यसअघिका हिउँदमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा ठूलो सहयोग प्रदान गर्दै आएको थियो । तर, तालिवानको सत्तपलटसँगै दातृ राष्ट्रले अफगानिस्ताबाट आफ्नो हात झिकेका छन् ।

पश्चिमा मुलुकहरुले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग पनि रोक्का गरेका छन् । देशमा कठोर शारिया कानुन लागू गरिएको र छात्राहरुलाई विद्यालयबाट बन्चित गरिएको भन्दै पश्चिमेली मुलुकहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको घोषणा गरेका हुन् ।

के पश्चिमा मुलुकहरु लामो समयसम्म आफ्नो अडानमा रहेर अफगानिस्तानका लाखौं मानिसहरुलाई भोकमरीमा बाँच्न बाध्य पार्लान रु अहिलेको यक्ष प्रश्न यही हो ।
डब्लूएफपीले विश्वका सरकारहरुलाई अफगानिस्तानमा तत्काल मानवीय सहयोग प्रदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

‘विश्व नेता र खर्वपतिहरु १ एक पटक कल्पना गर्नुहोस त १ तपाईका साना छोराछोरी भोकमरीका कारण मृत्युको मुखमा धकेलिँदैछन् ।’ विश्व समुदायलाई अफगानिस्तानमा सहयोगको आह्वान गर्दै निर्देशक डेभिड भन्छन् । अहिले पृथ्वीमा ४०० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भए पनि लाखौं बालबालिकाको भोकमरीका कारण मृत्यु भइरहेको र यसले सबैलाई लाज लाग्नुपर्ने उनको भनाई छ ।

‘भोकका कारण कुनै बच्चाको मृत्यु हुन्छ भने त्यसले हामीलाई लाज लाग्नुपर्छ । त्यो बच्चा कहाँको हो भन्ने अर्थ रहँदैन । ’, उनी भन्छन् ।

‘जाडो बढेसँगै मेरो मनमा त्रास बढेको छ । बालबालिकालाई दिने खानेकुरा केही छैन् । चाँडै मैले सडकमा माग्दै हिड्नु पर्छ ’, मध्येअफगानिस्तानको बामियान सहरकी फातिमा भन्छिन् । उनका ७ ओटा सन्तान छन् । उनका पतिको क्यान्सरका कारण केही महिनाअघि मृत्यु भएको थियो ।

भोमकरीका कारण केही अभिभावकले आफ्ना सन्तान बेचेका छन् भने केहीले आफ्ना छोरीलाई पाका मानिससँग विवाह गरिदिएर केही रकम लिएका छन् ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...