back
NMB ad

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

Kumari bank ad

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार किलोमिटर टाढा हिँडेको छ । स्थानीयले माया गरेर पिंगु नाम दिएको एडेली पेन्गुइन न्युजिल्यान्डको समुद्री तटमा फेला परेको हो । सो पेन्गुइन आन्ध्र महासागरबाट न्युजिल्यान्ड पुगेको विश्वास गरिएको छ । यसलाई वैज्ञानिकहरूले विश्वकै दुर्लभ र रोचक घटना बताएका छन् ।

स्थानीय ह्यारी सिंहले त्यसलाई पहिलो पटक देखेका थिए । नदीको तटमा पहिलो पटक देख्दा उनले त्यसलाई एउटा ‘नरम खेलौना’ जस्तो मानेका थिए ।

दक्षिणी सहर क्रिस्टचर्चको दबिर्डलिङ फ्ल्याटको एउटा किनारामा टहलिने क्रममा सिंह र उनकी पत्नीले पिंगुलाई फेला पारेका थिए ।

‘सुरूमा देख्दा मैले त्यसलाई एउटा नरम खेलौना जस्तो माने । अकस्मात त्यसले टाउको हल्लायो । त्यसपछि त्यो साँच्चीकै जीवित प्राणी जस्तो लाग्यो । ’ उनले भने ।

सिंहले फेसबुक पेजमा पोस्ट गरेको एउटा भिडियोमा पेन्गुइन नितान्तै एक्लो र हराएकोजस्तो देखिन्छ । ‘उ एक घन्टासम्म चलेन । उ निकै थकित देखिन्थ्यो ।’ सिंहले लेखेका छन् ।

पेन्गुइन लामो समयसम्म पनि समुद्रतर्फ नगएपछि उनले उद्दारकतालाई फोन गर्ने निधो गरे । समुद्रका प्राणीले त्यसलाई शिकार गर्छन की भनेर उद्दारकर्ता नआउन्जेल उनी पेन्गुइनको पहरेदार बनेर बसे ।

‘निर्दोष चरा बिरालो, कुकुर वा अन्य कुनै प्राणीको शिकार बन्छ की भन्ने डरले त्यसलाई कुरेरै बसिरहे,’ उनले भने ।

केही समयपछि एक उद्दारकर्ता आए । उनी थिए थोमस स्ट्राके । थोमसले विगत १० वर्षदेखि न्युजिल्यान्डको दक्षिणी टापुमा पेन्गुइनलाई पुर्नस्थापना गर्दै आएका थिए ।

सो पेन्गुइन एडेली प्रजातिको भएको थाहा पाएपछि थोमस एक क्षण अवाक भए । किनकी एडेली प्रजातिको पेन्गुइन अन्र्टाटिका महादेशमा मात्र पाइन्छ । पेन्गुइन लामो यात्रा गरेर न्युजिल्यान्ड आएको उनले निस्कर्ष निकाले । थोमस र उनको समूहले सोही साँझ पेन्गुइनको उद्दार गरे ।

थोमसले सो दुर्लभ चराको रगत परीक्षण गराए । परीक्षणका क्रममा पेन्गुइन कम तौल भएको र उसमा ‘डिहाइड्रेसन’ देखिएको उनले थाहा पाए । उनले तत्कालै एउटा ट्युवबाट झोलिलो पर्दाथ खुवाए । पेन्गुइनलाई अहिले पनि त्यस्तै झोलिलो खानेकुरा दिइएको छ ।

त्यस दुर्लभ चरालाई बैंकस प्रायद्धीपमा चाँडै नै छोडिने भएको छ । त्यहाँ कुकुर र बिरालो हुँदैन् ।

समुद्री तटमा एडेली प्रजातिको पेन्गुइन फेला परेको न्युजिल्यान्डको इतिहासमै यो तेस्रो घटना हो । यसअघि न्युजिल्यान्डका दुई ओटा अलग अलग तटमा सन् १९६२ र सन् १९६३ मा यस्तै दुर्लभ पेन्गुइन फेला परेका थिए ।

एडेली पेन्गुइन भेटिनु निकै दुलर्भ घटना भएको र भविष्यमा पनि यस्ता पक्षी देखिएमा यसले खतरा संकेत गर्ने विज्ञहरु बताउँछन् ।

‘वार्षिक रुपमा एडेली पेन्गुइन यसैगरी देखिएपछि समुद्रमा केही गडबढी भएको रैछ भनेर बुझ्नु पर्छ,’ ओटागो विश्वविद्यालयका प्राध्यापक फिलिप सेडन भन्छन् ।

पेन्गुइन समुद्रबाट किन बाहिर आउछन् ? तिनिहरू कहाँ जान्छन् ? के गर्छन् ? र उनीहरूको जनसंख्या कति छ ? जस्ता प्रश्नहरूको अध्ययन आवश्यक भएको उनको भनाई छ । पेन्गुइनले सामुद्रिक पर्यावरणबारे पनि धेरै कुरा बताउने उनको भनाइ छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...