back
NMB ad

छिमेक लघुवित्तको नाफा २३१ %ले बढ्यो: पहिलो त्रैमासमा कमायो २१ करोड ४१ लाख, मुख्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त अवधिमा कम्पनीले २१ करोड ४१ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा भने २३१.५३ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले ६ करोड ४५ लाख ८० हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी २३.५० प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४३ करोड २२ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ अर्ब २८ करोड ७० लाख ५४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले २३ अर्ब ५७ करोड १७ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरि २६ अर्ब १६ करोड ५७ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ऋणात्म रहेको खराब कर्जा घटाएर कम्पनीले यस वर्षको असोज मसान्तमा १.०३ प्रतिशत पुर्याएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ २७९ रुपैयाँ ६२ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २९ सोमवार ११:४२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...