back
NMB ad

साढे ४२% ले बढ्यो यूनियन लाइफको नाफा, १ अर्ब ८९ करोड बढी बीमाशुल्क आर्जन

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड ४४ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.५१ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले २२ करोड ४१ लाख ९१ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीले १ अर्ब ८९ करोड ६४ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ६५ करोड ७९ लाख १० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । उक्त अवधिमा ७६ लाख ३५ हजार रुपैयाँ भने भुक्तानी हुन् बाँकी देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष १ अर्ब १२ करोड ६२ लाख ८२ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीले जीवन बीमा कोषमा ८ अर्ब ५८ करोड २० लाख ७७ हजार रुपैयाँ र महाविपत्ति जगेडामा १२ करोड ५१ लाख ४२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...