back
NMB ad

बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

Kumari bank ad

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।

यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए । बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ । यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनःनिर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...