back
NMB ad

ट्रम्पले बेच्न लागे १२० वर्ष पुरानो होटेल भवन

Kumari bank ad

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ ।

योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल व्यवस्थापनको जिम्मा लिनेछ ।

गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो ।

राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो ।

२६३ कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो । सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो ।

१२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसबाट केही माईल टाढा छ । एतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रुपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो ।

त्यसको चार वर्षपछि त्यसलाई होटेलको रुपमा खोलिएको थियो, जतिबेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए ।

ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो । होटल विवादमा तानिएको थियो । होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरुले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए ।

कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेल १५ करोड फाइदा कमाएको भन्दै बढाइँचढाइँ गरेको हालै निस्कर्ष निकालेको थियो ।

होटेलले ७ करोड नोक्सानी गरेको सो समितिले जनाएको थियो । बरु होटेलले विदेशी सरकारहरुबाट ३७ लाख प्राप्त गरेको कागजपत्रमा देखिएको थियो ।

वि.सं.२०७८ मंसिर १ बुधवार १२:५३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...