back
NMB ad

पुर्व अर्थसचिवको बैंकर्सलाई कटाक्षः उदेश्य बिर्सिए

Kumari bank ad

काठमाडौं । पुर्व अर्थसचिव रामेश्वर खनालले नेपाल बैंकर्स संघले आफ्नो उदेश्य बिर्सिएको टिप्पणी गरेका छन् ।

बुधबार नेपाल राष्ट्र बैंक समक्ष बैंकर्स संघले बुझाएको सुझावको बारेमा उनले एक ट्वीट गर्दै संघले आफ्नो उदेश्य विर्सिएको टिप्पणी गरेका हुन् ।

नेपाल बैंकर्स संघले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी ८ बुदे माग पेश गरेका थिए । उनीहरुले सो मागमा भारतीय बैंकमा रहेको निक्षेपमा व्याज प्राप्त हुनेगरी लगानी गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।

त्यस्तै उनीहरुले सिडि रेसियो, सिआरआर र एलआर रेसियोमा लचक हुन पनि आग्रह गरेका थिए । ति आठै बुदाहरु संघको उदेश्उ विपरित भएको भन्दै खनालले ट्वीट गरेका हुन् ।

नेपालमा रहेका बाणिज्य बैंकहरुको साझा समस्यालाई सम्बोधन गर्नका लागि आवाज उठाउने उदेश्यका साथ नेपाल बैंकर्स संघको स्थापना भएको हो ।

हाल बाणिज्य बैंकहरुको साझा समस्या भनेको तरलता अभाव हो । तरलताको अभावमा धेरै बाणिज्य बैंकहरुको व्यवसाय नै बन्द रहेको छ ।

बाणिज्य बैंकहरुको छाता संगठनको रुपमा रहेको नेपाल बैंकर्स संघले बजारमा तरलता पठाउनका लागि विभिन्न उपायहरुको सुझाव सहित गभर्नरलाई बुझाउनुपर्नेमा बैंकहरु तरलता अभावमा पनि कसरी नाफा कमाउन सकिन्छ भन्ने तर्फ मात्र सोचिरहेको उनको संकेत थियो ।

हाल विभिन्न बाणिज्य बैंकहरुले आफ्नो निक्षेपको केही अंश भारतीय बैंकको करेन्ट एकाउन्टमा राखेका छन् जसको व्याज बाणिज्य बैंकहरुले पाउने छैनन् ।

वि.सं.२०७८ मंसिर १ बुधवार १७:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...