back
NMB ad

सर्वोच्च रमिता : बाहिर वकिल कुटिए, भित्र मुद्दा छिनिए

Kumari bank ad

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्चको गेटमै कुटाइ खाइरहेका बेला दुई जना न्यायाधीश भने इजलासमा बसेर धमाधम मुद्दा सुनुवाइ गरेका छन् ।

नेपाल बार एसोसिएसनले बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेका बेला न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।

प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ ।
तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।

सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् ।

उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् । मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...