back
NMB ad

जहाँ दुई सय रुपैयाँमा पाईन्छ मान्छेको भरिया सुविधा

Kumari bank ad

ताप्लेजुङ । दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न सक्छ । तर ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत पहिलेदेखि नै ढुवानी हुँदै आएको छ ।

यातायातअन्तर्गत सवारीसाधन (गाडी) र हवाईमार्गमा हेलिकोप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी हुँदै आएको छ ।

पाथीभरा धाम ३७९४ मिटरको उचाइमा छ । सो उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रूपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै सजिलो छ । करिब दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुंगा बिछ्याइएको छ ।पाथीभरा क्षेत्रको तल्लो फेदी ९काफ्लेपाटी० देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ । करिब अढाई घन्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । यद्यपि, उकालो र ओरालो हिँड्नुपर्ने हुँदा जेष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ ।

पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपैयाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । धामदेखि पुनः फेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई(चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोहीअनुसार ढुवानी रकम लिने गरेको बताए । भरिया सुविधा १५-२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उनको भनाइ छ । धेरै तौल हुने तीर्थयात्रीलाई तीन-चार जनाको समूह मिलेर बोक्ने गरेको भरियाहरू बताउँछन् ।

उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्न गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरूको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्यूनतम तीन हजार रुपैयाँ रोज बस्ने पनि उनीहरू बताउँछन् । भरियाको कार्य गर्नलाई तीन सय बढीले सम्पर्क गरे पनि अहिले दसैँ तिहारको मौसममा करिब एक सय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघले जनाएको छ । भरियाको काम गर्नेमा केही महिलासमेत छन् । तीर्थयात्री र उनीहरूको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् ।

अहिलेको पाथीभरा दर्शनको मुख्म मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ । भरिया सुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ । यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा छ । त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौं, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीहरुले दिँदै आएका छन् । न्युज कारखाना

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:४२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...