back
NMB ad

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाईते

Kumari bank ad

उदयपुर । उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । मदन मण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय बौका सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर हिडेको प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । ताप्ली गाउँपालिका भवन ढलानका लागि हिडेका मजदुर गाईघाटबाट बिहान ५ बजे हिडेको थियो । उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेसीमा बिहान ८ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएको सदाको उपचारको क्रममा ज्यान गएका हुन् । दुर्घटनामा घाइतेमध्ये त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीनै जनालाई जिल्ला अस्पाताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य १५ जना सामान्य घाइतेहरूलाई उपचारका लागि घटनास्थलतबाट जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १४:१६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...