back
NMB ad

प्रविधि भित्र्याउँदै उच्च मावि, सुरु भो विद्युतीय पुस्तकालय !

Kumari bank ad

चितवन । जिल्लाको पूर्वी भेगको रापती नगरपालिको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ ।

विद्यालयका पूर्वविद्यार्थीसहित विभिन्न देशमा कार्यरत नेपालीबाट सङ्कलन भएको रकमबाट विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

विद्यालयका पूर्वविद्यार्थी तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य गङ्गाराम कँडेलको पहलमा विद्यालयमा पुस्तकालय स्थापना भएको हो । कँडेलले विद्यार्थीको शैक्षिक उन्नतिका लागि विद्युतीय पुस्तकालयमा सहयोग गरिएको बताए ।

हाल पुस्तकालयमा २० वटा कम्प्युटर राखिएको छ । सो पुस्तकालयको प्राविधिक व्यवस्थापन नेपाल पुस्तकालय फाउन्डेसन काठमाडौँले गरेको छ । पुस्तकालयमा राखिएका कम्प्युटरमा १० हजार पुस्तक र एक लाखभन्दा बढी जानकारीमूलक सामग्री रहेको नेपाल पुस्तकालय फाउन्डेसन काठमाडौँका कार्यक्रम संयोजक धनकुमार श्रेष्ठले जानकारी दिए । दश लाखको लगानीमा निर्माण गरिएको सो पुस्तकालयमा कम्प्युटरसँगै फोटोकपी, वेब क्यामेरा, सिसी टिभी जडान गरिएको छ ।

पुस्तकालयलाई केही दिनभित्र सोलार प्रविधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक केशवमणि सिग्देलले जानकारी दिनुभयो । पुस्तकालयको व्यवस्थित सञ्चालनका लागि सुरुमा शिक्षकलाई आधारभूत प्रशिक्षण दिइनेछ । विद्यालयमा इलाइब्रेरी खुलेपछि विद्यार्थी र शिक्षकमा ज्ञान र सीपको विकास हुने तथा नयाँनयाँ विषयको खोजीमा लाग्दा शैक्षिकस्तर पनि विकास हुने अपेक्षा गरिएको छ ।

१३ असार २०७३, १०।००

वि.सं.२०७३ असार १३ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...