back
NMB ad

जलविद्युत कम्पनीको नाफा करिब ३ अर्ब: अपर तामाकोशीसहित ३ कम्पनी अब्बल, कुनको कति ?

Kumari bank ad

बिक्रम सुनार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुको नाफा सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीहरुले करिब ३ अर्ब नाफा गरेको छन् ।

संचालनमा रहेकामध्ये ३५ कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त अवधिमा ती कम्पनीहरुले २ अर्ब ९० करोड ९१ लाख २३ हजार रुपैयाँ नाफा गरेका छन् । जुन गत वर्षको असोज मसान्तको तुलनामा १३५.५७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुको नाफा १ अर्ब २३ करोड ४९ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

विवरण अनुसार ५ कम्पनीहरु नोक्सानीमा देखिएका छन् । जसमध्ये शिवश्री हाइड्रोपावर १० करोड ३३ लाख ३० हजार रुपैयाँ र घलेम्दी हाइड्रो २ करोड १७ लाख ३९ हजार, युनाईटेड मोदी १ करोड ४४ लाख ५४ हजार, रसुवागढी १ करोड १३ लाख ११ हजार र साञ्जेन जलविद्युत ८५ लाख ५६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा अपर तामाकोशी जलविद्युत कम्पनीको रहेको छ । कम्पनीले उक्त अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्ष १ करोड १८ लाख १ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने उल्लेखीय सुधार गरेको हो ।

नाफा बढी कमाउने कम्पनीको दोस्रो स्थानमा रहेको रिदी हाइड्रोपावरले चालु आवको असोज मसान्तमा ४५ करोड ५४ लाख ८९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको पनि गत वर्षको तुलनामा उल्लेखीय सुधार गरेको हो । गत वर्षको असोज मसान्तमा कम्पनीको नाफा ७८ लाख ५२ हजार रुपैयाँ मात्रै रहेको थियो ।

यस्तै, माउन्टेन इनर्जी नेपालले २९ करोड ३५ लाख ८ हजार, सानिमा माइ हाइड्रोपावर कम्पनीले २४ करोड ३६ लाख ३० हजार रुपैयाँ, चिमिमे हाइड्रोपावरले २० करोड ९८ लाख ६९ हजार, माउटेन हाइड्रो नेपालले ११ करोड ८५ लाख ४९ हजार र पाँचथर पावरले १० करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् ।

उक्त अवधिका सबैभन्दा कम नाफा कमाउने दिव्यश्वरी हाइड्रोपावरले २९ लाख ३७ हजार रुपैयाँ कमाएको छ । यद्यपि, गत वर्षको पहिलो त्रैमासमा भने कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । यसका आधारमा भने कम्पनीको नाफामा उल्लेखीय सुधार नै मान्नुपर्दछ ।

अन्य कुन कम्पनीको नाफा कति ?

वि.सं.२०७८ मंसिर ५ आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...