काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्य फेरि उच्च दरमा वृद्धि भएको छ । सोमबार कम्पनीको सेयर मूल्य ९.७५ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको छ । योसंगै कम्पनीको सेयर मूल्य आज १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ५ करोड ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३० हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १५:२४ मा प्रकाशित