back
NMB ad

नेप्सेले राख्यो नयाँ रेकर्ड, सूचक ३६ अंकले बढेर १७७१ अंकमा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ ।

सोमबारको कारोबारमा बीमा र होटल समूह बाहेक सबै समुहगत उपसूचकहरु बढेका छन् । यो दिन  बीमाको ९५ र होटलको सूचक २६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

विशेष गरी बैंक समूह आज चार प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा संस्थानमा लगानी गर्नेले आज सबैभन्दा बढी कमाएका छन् । बिमा संस्थानको सेयर १० प्रतिशतले बढेको छ भने सेन्चुरी बैंकको पनि १० प्रतिशतले नै बढेको छ ।

जेविल्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन बैंक, लुम्बिनी बैंकको सेयर समान आठ प्रतिशतले बढेको छ । त्यसैगरी युनाइटेड फाइनान्स र सनराइज बैंक सात सात, गण्डकी विकास बैंक र सानिमा बैंकको सेयर छ छ प्रतिशतले बढेको छ ।

आज कुल कारोबार रकम रु एक अर्ब ७३ करोडको भएको छ भने ४९ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बिमा समूह १.०१ प्रतिशतले कमी आएको छ । जलविद्युत् समूहमा भने ०.५८ प्रतिशतले बढेको भए पनि त्यसले बजारमा प्रभाव पारेन ।
प्रकाशितः २०७३ असार १३

वि.सं.२०७३ असार १३ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...