back
NMB ad

कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

Kumari bank ad

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित भएको जनाएको छ । जसअनुसार एक सय चार महिला र एक सय २७ पुरूष गरी दुई सय ३१ जना पीडित भएको इन्सेककको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकले मंगलबार प्रकाशित गरेको समाचारअनुसार बागमतीमा एक सय ३४, प्रदेश १ मा २२, लुम्बिनीमा २१, प्रदेश २ मा २०, कर्णालीमा १८, गण्डकीमा १४ र सुदूरपश्चिम प्रदेशमा दुईजना पीडित छन् । कात्तिकमा प्रहरीले १५ जना महिलासहित एक सय १९ जनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनमा आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरिएको प्रदर्शन र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ३० कात्तिकमामा आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको प्रतिवेदनमा जनाइएको छ ।

यस अवधिमा १३ घाइते, अमानवीय व्यवहारबाट एक, दुर्व्यवहारको घटनामा एक, जातीय विभेदको घटनामा एक र बम विस्फोटमा परी दुईजना घाइते भएका छन् । कात्तिकमा कारागारमा एकजनाको मृत्यु भएको छ । यस अवधिमा श्रीमान्द्वारा ६ श्रीमतीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एकजनाको हत्या भएको जनाइएको प्रकाशित छ । कात्तिकमा बाल अधिकार उल्लंघनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लंघनका घटनामा ४७ जना महिला पीडित छन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...