back
NMB ad

दुई वर्षको प्रयासपछि मोटर स्पोर्ट्सका लागि म्यापिङ सम्पन्न

Kumari bank ad

काठमाण्डौं । नेपालमा पहिलो पटक मोटरस्पोर्ट्सको लागि म्यापिङ पुरा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को विगत २ बर्षको अथक प्रयास पश्चात सो कार्य सम्भव भएको बताइएको छ । मोटरिङको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) को सहयोगमा सन् २०१४ देखि सुरु भएको म्यापिङ कार्यको सम्पूर्ण कार्य औपचारिक रुपमा सम्पन्न भएको घोषणा गरिएको छ ।

एफआर्र्र्ईए रिजन २ का उपाध्यक्ष सुधामिका अत्यागाले गत मार्च ३० मा सो म्यापिङ रिपोर्ट सार्वजनिक गरेका थिए । नासाका पदाधिकारी, प्राविधिक तथा खेलाडीका बीचमा सार्वजनिक गरिएको उक्त म्यापिङमा नेपालका २१ स्थानलाई मोटर स्पोर्ट्सका लागि सम्भाव्य स्थान/सर्किट/रुट ठह¥याइएको छ । म्यापिङमा ती स्थानलाई सर्किट, क्रसकन्ट्री/अफरोड र टुरिङ ¥याली गरी तीन क्षेत्रमा बर्गिकरण गरिएको छ । उक्त म्यापिङका लागि नासाले छुट्टै टिम बनाई देशव्यापी रुपमा परिचालन गरेको बताएको छ ।

उक्त म्यापिङ कार्यका लागि राष्ट्रिय खेलकुद परिषद र खेलकुद सम्बद्ध विभिन्न अन्तर्राष्ट्रिय निकायहरुको समेत सहयोग रहेको थियो ।

नेपालमा गरिने विभिन्न मोटर स्पोर्ट्स सम्बन्धी इभेन्ट, देशको भौगोलिक अवस्था, ड्राइभ टुरिजम्को सम्भावना र सरकारी नियम कानुनलाई समेत आधार मानेर उक्त म्यापिङ कार्य सम्पन्न गरिएको हो ।

racing track12

म्यापिङका लागि उपत्यकाको सातदोबाटो सर्ट सर्किटका साथै कालापानी रेसिङ सर्किट, गौरीशंकर अफरोड, मिडनाइट पोखरा, ड्राइभ इन दाङ, हिमालयन मोटरल्यान्ड धुलिखेल र मेघौलीमा वाइल्ड लाइफ एडभेन्चर पहिचान गरिएको छ । त्यसैगरी टुरिङ÷टीएसडी ¥यालीका लागि झापा–इलाम–पाथीभरा, विराटनगर–पाख्रिबास, काठमाडौं–दामन–सौराहा, काठमाडौं–पोखरा र काठमाडौं–जिरी पहिचान गरिएको छ । त्यसैगरी डेस्टिनेसन सिन्धुलीगढी र राउन्ड द क्यापिटल इभेन्ट समेत गर्न सकिने बताइएको छ । क्रसकन्ट्री एड्भेन्चरका लागि शिबपुरी–लाङटाङ क्रसकन्ट्री सर्किट, लुम्बिनी–स्वर्गद्वारी, पोखरा–जोमसोम, सुर्खेत–जुम्ला–रारा अफरोड, धनगढी–खप्तड, रुफटप हिमालयज क्रसकन्ट्री र पोखरा–तानसेन–लुम्बिनी क्रसकन्ट्री पहिचान गरिएको छ ।

यी विभिन्न स्थानमा आवश्यक पूर्वाधार पुरा गरेमा विभिन्न प्रकारका मोटर स्पोर्ट्स सम्बन्धी कार्यक्रम सम्पन्न गर्न सकिने सम्भावना छ । भौगोलिक र पर्यटकीय रुपमा समेत उपयुक्त मानिएका यी स्थानमा आवश्यक मोटर स्पोर्ट्स गतिविधि गर्नमा सहयोग पुग्ने गरी पूर्वाधार तयार गर्नका लागि आफूहरु लाग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायको समेत सहयोगको अपेक्षा गरिएको नासाले बताएको छ ।

१४ असार २०७३, ११.००

वि.सं.२०७३ असार १४ मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...