back
NMB ad

कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते

Kumari bank ad

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।

कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।

मतदान स्थलमा एक अर्को पक्षविरुद्ध नाराबाजी भएपछि विहीबार राती दुबै पक्षबीच झडप भएको हो । झपडमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।

धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिइन् ।

झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए ।

बोहराको अग्रता

विहीबार सम्पन्न मतदानको आज विहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को चार सय मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २ सय ८० र अमरसिंह धामीले १ सय १२ मत प्राप्त गरेका छन् । क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताए ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार १४:१४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...