back
NMB ad

थप तीन कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । बुधवार थप कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन एक वाणिज्य बैंकसहित तीन कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।

उक्त दिन एनसीसी बैंक, आरएमडीसी लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

एनसीसी बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट १४.३० प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले ११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यसैगरि आरएमडीसी लघुवित्त वित्तीय २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यी तीन वटै कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त भई बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ मंसिर १५ बुधवार ११:४५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...