back
NMB ad

कसले हत्याउला नाडाको आगामी नेतृत्व ? यस्तो छ भित्रि कथा !

Kumari bank ad

विक्रम सुनार,

काठमाडौ । अटोमोवाइल व्यवसायीहरुको छाता संस्था,अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन मंसिर २२ र २३ गते काठमाडौमा हुदैछ । नाडामा हालका उपाध्यक्ष करण चौधरी र पुर्व उपाध्यक्ष ध्रुव थापाले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन् ।

थापा र चौधरीले आफूले जित्ने सुनिश्चित रहेको दावी गरिरहेका छन् । आफू हालको उपाध्यक्ष रहेको र अहिलेको नेतृत्वले गर्न बाँकी र नयाँ कामहरु आफूले गर्ने दावी चौधरीको रहेको छ, भने आफू पहिले अध्यक्षको लागि योग्य भएपनि त्याग गरेकोले अवको नेतृत्व आफूले पाउनुपर्ने दावी थापाको रहेको छ ।

चौधरीको प्यानलमा अटाएका नामहरु हेर्दा विश्वका ठूला कम्पनीहरुको ब्रान्ड विक्रि गर्नेहरुको समुह मात्र रहेको देखिएको छ । चौधरी सिजि होल्डिङसको कार्यकारी निर्देशक हुन् । उनी सिजी मोटोकर्प प्राइभेट लिमिटेडको पनि नेतृत्व गरिरहेका छन् । सिजी मोटोकर्प सुजुकी मोटर्स कर्पोरेसन (जापान) , मारुती सुजुकी इन्डिया लिमिटेड र टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने कार, गाडी , मोटरसाइकल र स्कुटीहरुको नेपाल डिलर हो ।

त्यस्तै चौधरीको प्यानलबाट उमेदवारी दिएका अर्का व्यक्ति हुन् अनुपकुमार बराल । उनी हाल अटोमोवाइल्स एसोसिएसनका सचिव हुन् भने नारायणी अटो विजनेश प्रालिका प्रमुख कार्यकारी अधिकृत हुन् ।

टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठ पनि चौधरीको प्यानलबाट चुनाव लड्दैछन् । त्यसैले उनलाई सिप्रदी कम्पनीका उपाध्यक्ष तथा नाडाका पुर्व अध्यक्ष शम्भु दाहालको पनि समर्थन रहेको छ ।

त्यस्तै चौधरीको टिममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका छोरा निशान ढकाल पनि रहेका छन् । त्यसैले पनि उनलाई चन्द्र ढकालको साथ हुनेछ । निशान आइएमई मोटर्सका निर्देशक हुन् । सो कम्पनीले अशोक लेल्यान्डका गाडीहरु विक्रि गर्ने गर्दछ ।

त्यस्तै नाडाका वर्तमान कार्यसमितिका महासचिव सुनिल रिजाल र सचिव प्रकाश कपुरीहरु पनि चौधरीको टीमबाट चुनाव लड्दैछन् । यामाहा नेपालका प्रबन्ध निर्देशक मिलनबाबु मल्ल पनि चौधरीको टीमबाट चुनाव लड्दैछन् । त्यसैगरी महिन्द्र गाडीको बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिका सेल्स जनरल म्यानेजर बरदान बस्नेत पनि चौधरीको टीममा छन् ।

त्यस्तै उनलाई हालका अध्यक्ष कृष्ण दुलालले खुलेर साथ दिएका छन् भने हिरो व्रान्डको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङको पनि समर्थन रहेको छ । ठूला ब्रान्डहरु विक्रि गर्ने कम्पनीहरुको साथ रहेपनि उनले प्यानल समावेशी बनाउन भने सकेका छैनन् । उनले स–साना ब्रान्डका कम्पनीहरुको प्रतिनिधित्वमा चासो देखाएका छैनन् भने एक जना महिलापनि आफ्नो प्यानलमा पारेका छैनन् ।

त्यस्तै अर्का अध्यक्षका दावेदार ध्रुव थापाको टिम भने निक्कै समावेशी छ । पहिलो पटक नाडामा महिला (यमुना श्रेष्ठ) लाई उमेदवार बनाएका छन् । उनी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्धनिर्देशक पनि हुन् ।

थापाले ठूला वा सानो ब्रान्डका मोटर कम्पनीहरुको विक्रि गर्ने सवैलाई आफ्नो प्यानलमा समावेश गराएका छन् । उनले एक समावेशी नारा पनि बनाएका छन् । ‘वडादेखि नाडासम्म ’ यसको मतलव स–सानो विजनेश गर्नेदेखि ठूलो कर्पोरेट हाउससम्मको प्रतिनिधित्व नाडामा हुनेछ भन्ने हो । यसकारण पनि सो प्यानल समावेशी देखिएकोले पनि थापाको प्यानले जित्ने तर्क यमुनाको रहेको छ ।

थापाको प्यानलमा नेपालको अर्को ठूलो कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्धक निराकार श्रेष्ठ रहेका छन् । सो कम्पनीले हुण्डाइ ब्राण्डका गाडीहरु विक्रि गरिरहेको छ । उनी नेपाल उद्योग बाणिज्य महासंघ बस्तुगत तर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठका भाइ हुन् ।

त्यसैले अन्जनले भने थापाको टिमलाई खुलेर सपोट गरिरहेका छन् । अन्जन अटोमोवाइल्स एसोसिएसनका पुर्व अध्यक्ष समेत हुन् भने नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा शेखर गोल्छाको प्यानलबाट बस्तुगततर्फको उपाध्यक्ष बनेका हुन् ।

त्यस्तैगरी टीभीएस ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा अटोमोबाइल्सका उपाध्यक्ष दीपक अग्रवालले पनि थापाको टीमबाट चुनाव उठ्दैछन् ,भने फोर्ड गाडीको नेपालको आधिकारिक बिक्रेता गो अटोमोवाइल्स प्राइभेट लिमिटेडका आकाश गोल्छा पनि थापाको टीममा छन् । सो कम्पनी गोल्छा अर्गनाइजेसनको हो ।

आकाशका कारण पनि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा थापाको पक्षमा हुन सक्ने अनुमान गरिएको छ । आकाश गोल्छा शेखरका नातेदार हुन् भने गोल्छा अर्गनाइजेसनका निर्देशक पनि हुन् ।

कसको टिममा को–को ?

चौधरीको टिम

चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, नीलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

थापाको प्यानल

थापाको प्यानलमा यमुना श्रेष्ठ, आकाश गोल्छा, अमरज्योति रञ्जित, बीएन पाठक, दीपक कुमार अग्रवाल, दीपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायण पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सकुन कंसकार, सञ्जय कुमार खेतान र शुभाशिष थपलिया छन्

वि.सं.२०७८ मंसिर २१ मंगलवार १८:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...