back
NMB ad

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । आज बुधवार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

दुवै कम्पनीहरुले लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएका छन् ।

त्यसकारण आजसम्म (मंसिर २२ गतेसम्म) सेयर कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आईसीएफसी फाइनान्सले वर्ष गत वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १०:३८ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...