back
NMB ad

दुई वाणिज्य बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । आज दुई वाणिज्य बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

आज प्रभु बैंक, सनराइज बैंक र मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी तीन वटै कम्पनीहरुले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । योसंगै बिहीवार अर्थात् आजसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सभा भाग लिन र लाभांश पाउने छन् ।

प्रभु बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम चुक्ता पूँजीको १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस १८ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले सेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा पुस १५ गते बोलाएको छ ।

त्यसैगरि मनकामना स्मार्ट लघुवित्तले पुस १९ गत चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

वि.सं.२०७८ पुस १ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...