back
NMB ad

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै गरिमा विकास बैंक

Kumari bank ad

काठमाडौं । शाखा कार्यालय संचालनका लागि गरिमा विकास बैंकले घर भाडामा खोजेको छ ।बैंकले प्रदेश नम्बर २ र ५ का दुई शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको हो ।

एक सूचना निकाल्दै बैंकले बुटवल क्लस्टर/ड्राइभरटोला शाखा र लालबन्दी क्लस्टर/शाखाका लागि घर भाडामा आवश्यक रहेको जनाएको छ ।

उक्त स्थानहरुमा बैंकलाई घर भाडामा दिन इच्छुक घरधनीहरुले आवश्यक कागजातसहित बैंकको प्रधान कार्यालय, सामान्य प्रशासन विभागमा निवेदन पेश गर्न सक्नेछन् । निवेदन आजैका मितिले १५ दिनभित्र कार्यालय समयमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रस्तावित घरको क्षेत्रफल कम्तीमा २ वर्गफिट हुनुपर्ने, पक्की घर हुनुपर्ने बैंकले जनाएको छ । घरको बाहिरी बनावटमा कुनै असर नपर्ने गरि भित्रि बनावटलाई बैंकले आफ्नो आवश्यकता अनुसार पुननिर्माण गर्नुपर्ने भएका ले घरधनी सहमत हुनुपर्ने सर्त रहेको छ ।

घर कम्तीमा १० वर्षसम्मका लागि सम्झौता गर्नुपर्ने, कार्यालय रहने घरमा आवश्यक पानी, ढल, पार्किङ लगायतका सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ।

यसका साथै घरमा थ्री फेज लाइन, संचारका उपकरणहरु जडान र आवश्यक जेनेरेटर लगायतका उपकरणहरु राख्ने स्थान भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

निवेदक वा प्रस्तावकले घरधनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जा तथा तिरो/सम्पत्तिकर तिरेको रसिद, नक्सा पास लगायतका कागजातहरुले संलग्न गर्नुपर्नेछ ।

वि.सं.२०७८ पुस १ बिहीवार १२:०७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...