back
NMB ad

२ अर्ब बढीको हकप्रद सेयर निष्काशन गर्दै चार कम्पनी, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ४ कम्पनीहरुले हकप्रद सेयर निष्काशनका लागि पाइपलाइनमा रहेका छन् ।

बोर्डमा हकप्रद सेयर निष्काशनको अनुमति माग्दै विभिन्न ४ कम्पनीहरुले निवेदन दिएका छन् । जसमध्ये १ हाइड्रोपावर कम्पनी, २ बिमा, १ फाइनान्स कम्पनी रहेका छन् ।

ती कम्पनीहरुले २ अर्ब ७ करोड ६५ लाख ९१ हजार ६ सय रुपैयाँ बराबरको २ करोड ७ लाख ६५ हजार ९१६ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेका छन् ।

अपि पावर, नेपाल फाइनान्स, शिखर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स कम्पनी हकप्रद सेयर जारी गर्न बोर्डको अनुमतिको पर्खाईमा रहेका छन् ।

अपि पावर :

अपि पावर कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि नियामक निकायम नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ः०.३९३६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न गत असोज २५ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल फाइनान्स :

नेपाल फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले ३४ लाख ५४ हजार ४७४ कित्ता सेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ः०.७ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि कात्तिक १ गते बोर्डमा निवेदन दिएको थियो ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी :

५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स कम्पनीले बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशनका लागि गत साउन २८ गते बोर्ड निवेदन दिएको हो ।

कम्पनीले १०ः३ को अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स :

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १०ः४ को अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद सेयर निष्काशनका लागि गत भदौ १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ पुस २ शुक्रवार १६:२४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...