back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सको नयाँ सावधिक बीमा योजना शुरु,यस्तो छ सुविधा

Kumari bank ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गर्नु भएको हो ।

बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने संग संगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आय श्रोत अनुसार रु.५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ ।मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

वि.सं.२०७८ पुस २ शुक्रवार २०:०९ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...