back
NMB ad

फेसबुकले ल्यायो नयाँ फिचर, ४४ भाषामा पोष्ट गर्न सकिने

Kumari bank ad

काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी नयाँ फिचर ल्याएको छ । उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो ।

फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा आवद्ध रहेका करौडौं प्रयोगकर्ताहरुले छिटो, छरितो र भरपर्दो तरिकाले आफूले चाहेको समयमा चाहेको ४४ भाषामा उल्था गरेर पोस्ट गर्न गर्न सक्ने दाबी गरेको छ ।

यसअघि उसले गत फेब्रुअरी महिनादेखि यो फिचरलाई प्रयोगकर्तामाझ परीक्षण गरेको थियो । उक्त परीक्षण सफल हुनासाथ उसले यो फिचर ल्याउन लागेको हो ।
अब फेसबुकले प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरु धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन्। फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन् ।

यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन्। यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन् ।

’प्रयोगकर्ताले दैनिकीलाई धेरैभन्दा धेरै प्रभावकारी र अन्तक्रियात्मक बनाउन यो फिचरलाई पछ्याउनेछन्’, फेसबुकले जनाएको छ ।
प्रकाशितः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...