back
NMB ad

सेयर बजारमा सफल हुने चार मन्त्र !

Kumari bank ad

काठमाण्डौैं । सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका छन् ।

तर, किन गुमाउँछन् त धेरै लगानीकर्ताले रु सेयरमा गरिएको लगानी डुब्न नदिन लगानीकर्ताले के कस्ता कुरामा विषेश ध्यान पुर्‍याउनु पर्छ रु भनेर सेयर विश्लेषक रविन्द्र भट्टराई सोध्दा उनी भन्छन्( ‘सेयर किन्न जानुभन्दा पहिल्यै मैले किनेको मुल्यभन्दा तल गायो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेस गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहरु त्यस्तो उपाय लिएर हिँड्दैनन् । त्यसैले डुब्छन् ।’

नोक्सान भए के गर्न रु आपतकालीन स्थिति आइलागे के गर्ने भन्ने विषयमा नसोची लहैलहैमा लागेर लगानी गरेकै कारण अधिकांस लगानीकर्ताहरु डुब्ने गरेको उनको भनाई छ ।

‘थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहरु छोटो समयमै धेरै नफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन्,’ भट्टराई भन्छन्, अहिले नै हेर्नुहोस् न यस्तै लगानीकर्ताका कारण मुल्य बढ्नुपर्ने कुनै आधार नभएका कम्पनीको मुल्य पनि आकासिएको छ ।’

विश्लेषक भट्टराई सेयरमा पैसा कमाउने हो भने चार वटा ‘इ’ फलो गर्न लगानीकर्ताहरुलाई सुझाउँछन् । ‘पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो रु कसरी कारोबार हुन्छ रु कस्ता कम्पनीको सेयर किन्नुपर्छ रु लगायतका ज्ञान हुनुपर्छ,’ भट्टराई भन्छन् ।

एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्ने उनको भनाई छ ।

राम्रो के हो नराम्रो के हो छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहरु पढ्ने, भिडियोहरु हेर्ने, नीतिगत कुराहरु हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहरु हेर्ने गर्नुपर्ने उनको सुझाब छ ।

दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री (प्रवेस) हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । ‘बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीका लगानी गरेँ भनेँ जोखिम हुन्छ । घट्यो भने के गर्ने रु भन्ने उपायहरु पनि सोच्नुपर्छ,’ उनी भन्छन् ।

तेस्रो ‘इ’ भनेको एक्सपेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । ‘लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ । तर, उसँग कति वर्षको अनुभव छ भन्ने कुरा चैं बुझ्दैन,’ भट्टराई भन्छन्, ‘अनुभवी लगानीकर्ताहरु हम्मेसा डुब्दैनन् ।’

चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । ‘पहिलो एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो साँवाँ लिएर बाहिरिने हो,’ उनले भने । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी साँवाँ लिएर बाहिरिनु नै उपयुक्त हुने भट्टराईको भनाई छ ।

१९ असार २०७३, १०।४५, अनलाईनखबर

वि.सं.२०७३ असार १९ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...