back
NMB ad

सिडि रेसियोको व्यवस्थाकै कारण वित्तिय क्षेत्र थप जोखिम हुनबाट बच्योः राष्ट्र बैंक

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप, पुँजी अनुपात (सिसिडि) हटाएर कर्जा निक्षेप अनुपात (सिडि रेसियो) को व्यवस्था गरेकै कारण देशको वित्तिय बजारमा समस्या नआएको दावी गरेको छ ।
राष्ट्र बैंकले गत बुधबार पत्रकारसँग साक्षत्कार कार्यक्रममा केन्द्रिय बैंकले सिसिडि हटाएर सिडि रेसियोको व्यवस्था गरेकै कारण वित्तिय क्षेत्रमा ठूलो समस्या देखा नपरेको दावी गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले सिडि रेसियोको व्यवस्था लिवरेज  रेसियोलाई ठाउँमा राख्नका लागि गरिएको दावी गरे ।

उनले भने,‘राष्ट्र बैंकले बासेल थ्रि लागु गर्नुअघि लिवरेज रेसियो ९ गुणा मात्र बढी थियो तर वासेल थ्रि लागु गरेपछि १७ गुणा बढी भएको छ। सोही लिवरेज रेसियोलाई ठिक ठाउँमा ल्याउनका लागि सिडिको व्यवस्था गरेको हो ।’

त्यस्तै राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले सिडि रेसियो लागु गरेका कारण बैंक तथा वित्तिय क्षेत्र संहालिएको दावी गरे ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत सिसिडिको व्यवस्था हटाएर सिडि रेसियोको व्यवस्था लागु गरेको छ । सोही कारण बैंक तथा वित्तिय संस्थामा तरलताको अभाव भएको दावी गरिएसँगै बुधबार सोधिएको पत्रकार सम्मेलनमा डा.श्रेष्ठले सिडि रेसियोको व्यवस्थाका कारण बैंकहरु संहालिएको दावी गरेका हुन् ।

उनका अनुसार हाल बैंक तथा वित्तिय संस्थाको सिसिडि रेसियो ९१ प्रतिशत छ, तर सिडि रेसियो जम्मा ९२ प्रतिशतको हाराहारीमा छ जुन ९० प्रतिशतमा ल्याउनका लागि चालु आर्थिक बर्षको अन्तिमसम्मको समय दिइएको छ ।

राष्ट्र बैंकले सिडि रेसियोको व्यवस्था गरेका कारण बैंकहरुले कर्जा प्रबाहमा ध्यान दिदा जथाभावी रुपमा कर्जा प्रबाह नभएर वित्तिय क्षेत्र थप समस्याग्रस्त हुनबाट जोगिएको केन्द्रिय बैंकको तर्क छ ।

 

 

वि.सं.२०७८ पुस ८ बिहीवार १६:५९ मा प्रकाशित

You can share this post!

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१८

काठमाडौँ, १ जेठ: सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट...

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...