back
NMB ad

पाँच महिनामा ७३ अर्ब २२ करोड बिमा शूल्क आर्जन, कुन कम्पनीले कति कमाए ?

Kumari bank ad

काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालमा रहेका बिमा कम्पनीहरुले ७३ अर्ब २२ करोड बढी बिमा शूल्क संकलन गरेका छन् । नेपालमा हाल सञ्चालित १९ जीवन बिमा कम्पनी र २० निर्जीबन बिमा कम्पनी गरी ३९ वटा बीमा कम्पनीहरुले समिक्षा अवधिमा ७३ अर्ब २२ करोड २५ लाख २८ हजार रुपैयाँ बिमा शूल्क संकलन गरेका हुन् ।

यो शुल्क संकलन गत आर्थिक वर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो । गत आव २०७६।७७ को पाँच महिनामा बीमा कम्पनीहरुले ६१ अर्ब ६० करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ७९ करोड ५६ लाख १९ हजार रुपैयाँ र २० निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस्तो रकम अघिल्लो आवको पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ११ करोड रुपैयाँ संकलन गरेका थिए ।

जीवन बिमातर्फ समिक्षा अवधिसम्ममा सबैभन्दा बढी बिमा शूल्क आर्जन गर्ने कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले मंसिरसम्म आइपुग्दा १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ संकलन गरेको हो ।

यस्तो छ अन्य जीवन बिमा कम्पनीहरुको बिमा शूल्क आर्जनको अवस्थाः

त्यसैगरी निर्जीवन बिमा कम्पनीतर्फ सबैभन्दा बढी बिमा शूल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले समिक्षा अवधिसम्म १ अर्ब ६७ करोड ७७ लाख ५२ हजार रुपैयाँ संकलन गरेको छ ।
यस्तो छ निर्जीवन कम्पनीहरुको बिमा शूल्क संकलन अवस्थाः

त्यसैगरी बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ११ अर्ब १६ करोड ६८ लाख ९६ हजार रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ८४ करोड ४१ लाख ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्याङ्क अनुसार २०७८ मंसिर मसान्तसम्ममा कुल २८.०१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । वैदेशिक रोजगार बीमालेख सहितको तथ्याङ्कमा पनि बीमाको पहुँच ५.२६ प्रतिशत वृद्धि भएर ३० प्रतिशतमा कायम भएको छ ।

समिक्षा अवधिसम्ममा जीवन बीमालेख ९० लाख ९ हजार १५३ वटा र ६ लाख १० हजार २९४ वटा वैदेशिक बीमालेख गरी कुल ९६ लाख १९ हजार ४४७ वटा जीवन बीमालेख जारी भएका छन् ।
निर्जीवन बीमालेखतर्फ पनि २०७८ मंसिरसम्ममा १२ लाख ४८ हजार १९२ वटा बीमालेख जारी गरिएको छ ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ३३ अर्ब ४४ करोड र निर्जीवन बीमा कम्पनीहरुको १८ अर्ब ४३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

अहिलेसम्ममा कम्पनीहरुको कुल शाखा संख्या २ हजार ८३५ रहेकोमा ९१९ वटा बढेर ३ हजार ७५४ पुगेको छ भने कर्मचारी संख्या ५५० ले बढेर १० हजार ९४७ पुगेको छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १४:०८ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...